तपाईँ सुन्दै हुनुहुन्छः

सडकखण्ड कालोपत्रेको काममा ढिलाइ हुँदा नागरिकलाई सास्ती

कञ्चनपुर । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि बेलौरी हुँदै सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्ने कञ्चनपुरको कलुवापुर–बेलौरी–बैशाखा सडकखण्ड कालोपत्रेको लागि ठेक्का लिएको निर्माण कम्पनी सन्तोषी थेगिम जेभिले समयमै काम अगाडि नबढाउँदा यहाँका नागरिकहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

कलुवापुर–बेलौरी–बैशाखा भन्सार सडकखण्ड निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको यहाँका नागरिकहरुको आरोप छ ।

व्यापारिक मार्गका लागि समेत महत्वपूर्ण मानिएको कलुवापुर–बेलौरी–बैशाखा सडकखण्ड निर्माणका लागि चार दशक पहिले सर्वेक्षण भएको थियो भने २०७३ भदौमा २ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी सन्तोषी थेगिम जेभि निर्माण कम्पनीसंग नेपाल सरकारले ठेक्का सम्झौता गरेको थियो । यद्यपि ठेक्का सम्झौता भएको ४ वर्ष पूरा भइसक्दा समेत उक्त सडकखण्ड कालोपत्रेको कामले अझैसम्म पनि गति लिन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button