गत २४ घण्टामा उपत्यकामा १६८४ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । उपत्यकामा आज थप एक हजार छ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा एक हजार छ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा एक हजार दुई सय ९६, ललितपुरमा दुई सय ९३ र भक्तपुरमा ९५ जना गरी आज उपत्यकामा थप एक हजार छ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी आज देशभर तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९४ हजार दुई सय ५३ पुगेको छ ।
त्यस्तै आज देशभर आज एक हजार एक सय २६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ६८ हजार छ सय ६८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्