तपाईँ सुन्दै हुनुहुन्छः

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना संक्राण पुष्टि

झापा। जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।जिसस प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब दिनुभएको थियो । त्यसको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो ।

विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी  भईरहनुहुने जिसस प्रमुख पोर्तेलले स्वास्थ्यको ख्याल गदै पीसीआर परीक्षण गराउनुभएको थियो ।उहाँले सामाजिक संञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उहाँले बताउनुभयो ।
संक्रमणपछि आफू होम आइसोलेसनमा बसेको उहाँले जनाउनुभएको छ । आफूलाई कुनै लक्षण भने नदेखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button