तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ३६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप ३६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा विरामी निको हुने दर ७८.१८ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ४ सय ५६ जना छन् ।बाँकेमा हालसम्म २ हजार १ सय ८६ जनामा कोरोना पुष्टि हुँदा २१ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button