पाल्पामा थप १२ जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा- पाल्पामा सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तानसेन नगरपालिका ९ जना, रामपुर नगरपालिका र रिब्दिकोट गाउँपालिकाका एक/ एक जना र अस्पताल तथा अन्य जिल्लाका एक जना रहेका छन । जसमा छ जना पुरुष र छ जना महिला रहेका छन ।
सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो सहित कोरोना संक्रमितको कुल संख्या ७ सय ६९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९५ जना निको भएर घर फर्किएका छन् । भने, ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले सम्म २० जना स्वास्थ्यकर्मी संक्रमण देखिई सकेको छ ।








प्रतिक्रिया राख्नुहोस्