तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभाव : सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

काठमाडौं ।  सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ ।

केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहनुे छ ।

सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आउनुभएको छ । न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिनुभयो । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित हुनुभएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहनुभएको जनाइएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button