राहतका कोषमा हालसम्म एक करोड ६५ लाख संकलन
बागलुङ । बागलुङ ढोरपाटनका बाढी प्रभावितको राहतका लागि स्थापना गरिएको कोषमा हालसम्म एक करोड ६५ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।
कोषको रकम बाढीले घरबारबिहीन भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना रहेको र सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देबकुमार नेपालीले जानकारी दनुुभयो ।
गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको मृत्यु भएको थियो ।
बाढी र पहिरोका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ९, ८ र ७ का सयौँ परिवार घरबारविहीन भएका छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्