चार लाख भारतीय रूपैयाँसहित एक जना पक्राऊ

कपिलवस्तु । जिल्लाको कृष्णनगर शसस्त्र प्रहरी बलले भारतबाट अवैध रुपमा भित्राइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले शुक्रवार साँझ करिब ६ ः०० बजे सो रकमसहित एक जनालाई नियन्त्रणमा लिएको होे ।
भारतबाट नेपाल आउँदै गरेका कृष्णनगर नगरपालिका–२ बस्ने अन्दाजी ५४ बर्षका पप्पु गुप्तालाई सूचनाको आधारमा चेकजाँच गर्दा निजले लुकाइछिपाई गरी ल्याउदै गरेको चार लाख भारतीय रकम बरामद भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । सो रकम ५०० को ४०० थान र २००० को १०० थान गरी भारतीय रु.४,००,००० (चार लाख) रहेको छ ।
भारतीय रूपैयाँसहित पक्राउ परेका गुप्तालई आवश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्