विराटनगरमा कोरोना संक्रमित वृद्धाको मृत्यु

सुनसरी । विराटनगरकी कोरोना संक्रमित ६८ वर्षीया वृद्ध महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ३ घर भएकी उनको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान २ बजेतिर ज्यान गएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।
कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था खराब बनेकी उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा वृद्धको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजियोसियन डा. दीपक सिग्देलले बताउनुभयो ।
डा. सिग्देलका अनुसार वृद्धलाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो ।








प्रतिक्रिया राख्नुहोस्