लाखौं रुपैयाँ डाँका गरी फरार रहेका दुई जना पक्राउ
रुपन्देही । नौं महिना पहिले लाखौं रुपैया डाँका गरी फरार रहेका दुई जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
२०७६ साल पुष २९ गते रुपन्देहीको रोहिणी गाउंपालिका वडा नं. ३ स्थित मिलन ब्रदर्श एण्ड सप्लायर्सबाट तीन लाख रुपैयाँ डाँका गरी फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रकम डकैती गर्ने रुपन्देहीको मायादेवी गाउंपालिका वडा नं. ४ का ३२ वर्षीय सोबिन्द भर भने सोही दिन पक्राउ परेका थिए ।
पक्राउ परेका भरकै बयानको आधारमा खोजी भइरहेका मायादेवी गाउँपालिका वडा नं. ३ का वर्ष ३० का राजु खानलाई प्रहरीले भदौ २७ गते पक्राउ गरेको थियो ।
त्यस्तै सोही डकैतीमा संलग्न रुपन्देहीको सियारी गाउंपालिका वडा नं. ५ का ३८ वर्षीय चन्द्रिका केवट बुधबार पक्राउ परेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्