तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एकैदिन ३६ जनाले जिते कोरोना

सल्यान – सल्यानमा बिहिबार ३६ जनाले कोरोना जितेर घर फर्किएका छन् । बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा उपचारत ३६ जना निको भएर पछि घर फर्किएका हुन ।

कोरोना निको भएर घर फकिर्ने सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । बिहिबार कोरोना जितेर घर जानेहरु २ वर्षको बच्चा देखि ४८ वर्ष उमेर समूहका रहेको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले बताउनुभयो  । आइसोलेसनबाट ९ महिला र २७ पुरुषले कोरोना जितेको उनको भनाई छ ।

गत असोज २ गते ४ जना र भदौ ३१ गते ३३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा बस्दै आइरहेका थिए । घर फर्किएका सबै २० दिनभन्दा बढी आइसोलेनमा बसेको पोखरेललको भनाई छ । कोरोना निको भएर घर फर्किनेमा नगरपालिकाको वडा न १ का ८ महिला र २१ पुरुष, वडा न २ का एक, वडा न ३ का दुइ, वडा न ४ का दुई र वडा न ५ का एक जना रहेका छन् ।

यससँगै सल्यानका कोरोना निको भएर घर फर्किनेको संख्या ३ सय ४२ पुगेको छ । जिल्लामा ६५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । सल्यानमा हालसम्म ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button