तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा कोरोनाका कारणले दुई जनाको मृत्यु

जनकपुरधाम । महोत्तरी जिल्लाका दुई जना कोरोनाका संक्रमितको आज मृत्यु भएको छ । कोरोनाका लक्ष्ण सहित उपचारमा रहेका एक पुरुष तथा एक महिलाको मृत्यु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नंं ३ का वर्ष ७५ की महिला रहेको सामाजिक विकास मन्त्रालयक प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनुभएको छ ।

उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा भइरहेको थियो ।

यसैगरी, महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नंं ७ सरपल्लो घर भएर पर्सा जिल्लाको जगरनाथपुरमा कार्यरत रहेका वर्ष ५८ को स्वास्थ्य कर्मी पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक मृत्यु भएका दुई जनासँगै प्रदेशमा कोरोनाका कारणले मृत्यु हुनेहरुको संख्या १ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button