तपाईँ सुन्दै हुनुहुन्छः

एथलेटिक्सका पूर्वप्रशिक्षक साहको अन्त्येष्टि

सप्तरी । सप्तरीमा उपचारका क्रममा एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको निधन भएको छ । उहाँको मंगलबार अन्त्येष्टि गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पूर्व अन्तराष्ट्रिय खेलाडी श्रीलाल देव, प्रशिक्षक प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारसहित खेलाडी प्रशिक्षक, समाजसेवी लगायतले खेलकुद विकास समितिको झण्डा ओढाएर उहाँलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

एथलेटिक्स संघ सप्तरीका अध्यक्ष देवकान्त चौधरी, प्रशिक्षक प्रकाश मल्ल, रमेश श्रेष्ठ, उमेश प्रधान, संजय जोशी, सिताराम चौधरी, उमेश गुरुङ तथा खेलाडीहरुका साथै ठूलो संख्यामा उपस्थिति सर्वसाधारणले स्व. साहलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

शव सप्तकोशी किनारमा पुर्याएपछि स्व. साहका जेठा छोरा विकासले पार्थिव शरीरमा दागबत्ती दिएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि साहलाई उपचारका लागि विराटनगर हुँदै काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा सोमबार साँझ उहाँको मृत्यु भएपछि शव गृहजिल्ला ल्याइएको थियो ।

६० वर्षिय साहको ब्रेन एट्याकका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button