तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराकोअजयमेरु गाँउपालिकामा पठनपाठन सुरु   

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका भद्रपुर अन्तर्गतका सामुदायिक तथा निजि विद्यालयहरु आईतबारबाट पठनपाठन सुरु गरिएको छ ।

अजयमेरुका ३० वटा सामुदायिक विद्यालयहरु र २ वटा निजी विद्यालय गरी ३२ वटा विद्यालयहरुले सामाजिक दुरी कायम गरी स्वस्थ्य सतर्कता अपनाउँदै पठन पाठन सुरु गरेको अजमेरु गाँउपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद पन्तले बताउनुभयो ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तरीय बैठकवाट पारित निर्णय अनुसार विधार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानि विद्यालयहरुमा पठनपाठन सुरु गरेको बताइएको छ ।

दुई पटक अभिभावकहरुसंग छलफल गरी उहाँहरुकै सहमति र सहयोगमा विद्यालय संचालन गरेको भद्रपुर माध्यामिक विद्यालय भद्रपुरका प्रध्यानाध्यापक हेमराज पाण्डेयले बताउनुभयो । प्रध्यानाध्यापक पाण्डेयका अनुसार विद्यालय संचालन भएको पहिलो दिनमा विद्यार्थीहरुलाई कोभिड–१९ का विषयमा स्वास्थ्य संस्थाका कर्मचारीहरुमार्फत जानकारी गराईएको छ ।

पठन पाठनका लागि आउने विद्यार्थीहरुलाई विद्यालयको गेटमा पुग्ने वित्तिकै साबुन पानीले हात हुन लगाउने, एउटा बेन्चमा दुई जना राख्ने राख्ने गरिएको छ भने अभिभावकहरुले विद्यार्थीहरुका लागि आवश्यक पर्ने खाजा तथा पानि घरघरबाटै पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

२० जना भन्दा कम विद्यार्थी रहेका कक्षामा नियमित पठन पाठन हुने र २० भन्दामाथि विद्यार्थी भएको कक्षालाई दुई सिफ्टमा विभाजन गरी पठन पाठन सुरु गरिएको सहश्रलिङ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रण बहादुर ऐरले बताउनुभयो ।

अजयमेरुका सवै समुदायमा अनलाईनबाट पठनपाठन गराउन सम्भव नभएको र सबै अभिभावकहरुसंग ईन्टरनेट प्रयोग गर्ने क्षमता नभएकाले सामाजिक सुरक्षा सतर्कता अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरेको अजयमेरु गाँउपालिका अध्यक्ष उमेश भट्ट विकासले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button