संवैधानिक आयोगले पूर्णता नपाउँदा काम गर्न कठिनाइ
काठमाडौँ । संवैधानिक आयोगले पूर्णता नपाउँदा कार्य प्रक्रियामा समस्या हुने गरेको आयोगका सचिवहरूले बताउनुभएको छ ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको संवैधानिक आयोगको कार्य प्रगति सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय महिला आयोग, समावेशी आयोग, दलित आयोग र मधेसी आयोगमा कार्यरत सचिवहरूले आयोगमा पदाधिकारी नहुँदा काम गर्न कठिनाइ हुने गरेको बताउनुभयो ।
संवैधानिक आयोगहरूबाट कर्मचारीको सरुवा भइरहने हुँदा नयाँ आउने कर्मचारीलाई आयोगको कार्यक्षेत्र र सम्पर्क विस्तार गर्न समेत समस्या हुने गरेकोले लक्ष्य अनुसार काम गर्न नसकिएको आयोगका सचिवहरुको भनाई छ ।
बैठकमा सांसदहरुले पदाधिकारीको अभावमा संवैधानिक आयोगलाई निष्क्रिय राख्न नहुने भन्दै आयोगलाई चाँडो भन्दा चाँडो पूर्ण बनाउनु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्