तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुकसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरबाट प्रहरीले भरुवा बन्दुक सहित दुई जना युवकहरूलाई पक्राउ गरेको छ ।कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर विष्ट र सोही ठाउँका २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ ।
शनिवार राति घरमा भरुवा बन्दुक देखाई डर त्रास एवं आतङ्क सिर्जना गरेको भन्ने विशेष सूचनाका आधारमा विष्टलाई पक्राउ गरी सोधपुछ गर्दा सोही स्थान बस्ने २५ वर्षीय कमल थापाको गोठभित्र लुकाइराखेको छ भनी बताए पश्चात उक्त स्थानमा गई चेक जाँच गर्दा भरुवा बन्दुक थान-१ लोड गरेको अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको हो । विष्ट र थापा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button