तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडाको साबुन उद्योगको गोदाममा आगलागी

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रस्थित एक साबुन उद्योगको गोदाममा आगलागी भएको छ ।  औद्योगिक क्षेत्रस्थित महाशक्ति शोपको गोदाममा आज बिहान इलेक्ट्रिक सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट गोदाममा रहेको कार्टुन, केमिकल र र्यापर जलेर करीब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बिहान भएको आगलागी बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, औद्योगिक सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलटिमले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button