अफगानिस्तान र न्यूजील्याण्डबीचको तीन एकदिवसीय अन्तराष्ट्रिय टेस्ट स्थगित
काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तान र न्यूजील्याण्डबीचको तीन एकदिवसीय अन्तराष्ट्रिय टेस्ट स्थगित गरेको छ ।
क्रिकेट अष्ट्रेलियाले कोरोना भाईरसको कारण अफगानिस्तान र न्युजिल्याण्डसँगको सिरिज स्थगित गरिएको जनाएको छ ।
अष्ट्रेलियाले नोभेम्बरमा अफगानिस्तानसँग टेस्ट सिरिज खेल्ने तय भएको थियो ।
यस्तै न्युजिल्याण्डसँग २०२१ को सुरुवातमा तीन खेलको टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो ।
अष्ट्रेलियाले घरेलु मैदानमा भारतसँग टेस्ट, एकदिवसीय र टी–ट्वान्टी सिरिज भने खेल्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्