पर्वतको जलजलामा पहिरोले २५ घर विस्थापित
पर्वत । हिजोदेखि परेको अविरल वर्षाले पर्वतका विभिन्न ठाउँमा पहिरोले बस्ती जोखिममा परेका छन् ।
जिल्लाको जलजला गाउँपालिका– ८ फर्सेमा एक घर पुरिएको छ भने २५ घर विस्थापित भएका छन् । वडाध्यक्ष हरिविकास जिसीका अनुसार बस्तीभन्दा ५ सय मिटर माथीको लक्ष्मीनारायण सामूदायिक बन क्षेत्रबाट आएको पहिरोले मानवीय वस्तीमा असर पु¥याएको हो ।
पहिरो आउन थालेपछि स्थानीयले घर छोडेर भागेकाले मानवीय क्षती हुन बाट जोगिएको जिसीले जानकारी दिनुभयो । लेदो सहितको पहिरो आएर बस्तीमा थुप्रिएको छ । वर्षा बढ्दै गएमा थप क्षती हुने देखिएकाले त्यहाँका बासिन्दालाई नजिकैको सुरक्षित स्थान शिव माध्यमिक विद्यालयमा सारिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।
त्यसैगरी कालीगण्डकी करिडोरको मालढुंगा बेनी सडक समेत पहिरोले पुरिएको छ । कालीगण्डकी करिडोर बाट पहिरो झर्न थालेपछि देबिस्थानको राहाले, फेदी र डण्डारेखोला सम्म करिव ९० घरधुरी पहिरोको जोखिममा परेका स्थानीय हिरामणी सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्