तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण 

पर्वत । गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार १९ जना पुरुष, ४ जना महिला र २ बालिका सङ्क्रमित भएका हुन् ।
कास्कीमा ९ जना, लमजुङमा ५ जना, तनहुँमा ४ जना, स्याङ्जामा ३ जना, बागलुङमा २ जना, म्याग्दी र नवलपरासी सुस्ता पूर्वमा एक÷ एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
कास्की र लमजुङमा देखिएका संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका र अन्य जिल्लाका संक्रमित भनेर भारतबाट फर्किएर क्वारेण्टाईनमा बसेका व्यक्ति रहेको डा. शर्माले बताउनुभयो । यो सँगै गण्डकीमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५ सय ४८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button