वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका दुवै जना महिला हुन् ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर–८ झापाकी ७२ बर्षीया वृद्धाको आइतबार राती ९ बजेर २० मिनेटमा निधन भएको उनलाई असोज ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको श्वासप्रश्वासमा कठिने, निमोनिया भएपछि उनलाई कन्काई अस्पताल झापाले वीपीमा रिफर गरेको थियो । उनी असोज ४ गते वीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
यस्तै इनरुवा–४ सुनसरीकी ४९ बर्षीया महिलाको पनि निधन भएको छ । उनको आज बिहान २ बजे निधन भएको उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भएपछि मेडिसिन वार्डमा भर्ना भएकी उनलाई कोडिभ पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई असोज १ गते सङ्क्रमण पुष्टि भएको थियो । शवको व्यवस्थापनः नियमानुसार हुँदैछ ।







प्रतिक्रिया राख्नुहोस्