समूहको सक्रियतामा खाल्डे पानी बन्यो ढुङ्गे कुवा

सल्यान । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका बनगाड कुपिण्डे नगरपालिका–८ ज्यामिरेका दलित समुदायहरुले समूहबाट नै सामाजिक काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । उनीहरुले वषौंदेखि मानिस र पशुचौपायले एकै ठाउँमा खाँदै आएको खाल्डे पानीलाई कुवामा परिवर्तन गरेका छन् ।
समुहमा बचत गर्ने र फकिर्ने मात्र गर्दै आइरहेका समूहहरु आज भोली सामाजिक काममा पनि जोडिन थालेको पार्वती वि.कले बताइन । उनले भनिन ‘सधै अर्कैको मुख ताक्ने कार्यले गर्दा हामी आफै पछि परेको अनुभव भएपछि अब समूहबाटै केही गर्नुपर्छ भन्ने सोचका साथ सामाजिक कार्य गर्दै आइरहेका छाँै ।’
ज्यामिरेका ४० दलित र गैरदलित घरपरिवारले प्रयोग गर्दै आइरहेको खाल्डे पोखरीलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी पशुचौपाय र फोहोर सिधै पस्नबाट बन्द गरिएको काली वि.क.को भनाई छ । उनले भनिन ‘खुल्ला ठाउँमा रहेको पानी ल्याउन पनि तछाड मछाड हुन्थ्यो । बिहान ४ बजेदेखि नै पानीको लाइनमा बस्नु पर्ने बाध्यता थियो तर अहिले कुवा निमार्ण गरेपनि धेरै लाइनमा बस्नु पनि परेको छैन । सफा पानी पनि खान पाएका छौं ।’
पानीको मुहान खुल्ला र पशुचौपायले पनि खाने भएकाले विगतका वर्षहरुमा झाडा पखाला, टाइडफाइड जस्ता रोगहरुले सताउने गरेको महिला स्वयमसेविका पार्वती वि.क. को भनाई छ ।
सानोभन्दा सानो काममा पनि सरकारकै मुख ताक्नेभन्दा पनि समुदायस्तरबाट सम्भव हुन सक्ने कामहरुले समुदाय मिलेर गर्दा समाज परिवर्तनमा निकै टेवा पुग्ने स्थानीय पट्टु उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्