तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा १ सय ६९ संक्रमित निको भई डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जबाट आज साँझ थप १ सय ६९ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।

वीरगञ्जका विभिन्न अस्पतालको आईसोलेसन, होमआईशोलेशन, सामुदायीक आईसोलेशनमा उपचाररत रहेका संक्रमितहरूमध्ये १ सय ६९ जना कोरोना निको भई घर फर्र्किएको जिल्ला प्रशासन कार्यालय पर्साद्धारा आज साँझ जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

स्थानिय प्रसासनले जारी गरेको प्रेस नोटमा आज सम्म पर्सा जिल्लामा २ हजार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये १ हजार ८ सय ९९ पुरुष र ५ सय ५२ महिला रहेका छन् ।

त्यसैगरी वीरगञ्जमा कोरोना मुक्त भई घर फर्किनेको संख्या १८ सय ३३ जना पुगेको छ । प्रशासनले जारी गरेको प्रेस नोटमा वीरगञ्जमा आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यसैगरी आज सम्म वीरगञ्जको अस्थायी कोभिड गण्डक अस्पतालमा २४ पुरुष, ९ महिला सहित ३३ जनाको उपचार भईरहेकोमा ६ जना आईशियुमा रहेको जनाईएको छ । अन्य संक्रमितहरु भने होम आईशोलेशन र सामुदायीक आईशोलेशनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button