ड्राईपोर्ट भन्सारबाट एक लाख टन चिनी भित्रियो
वीरगञ्ज । दशैं तिहार जस्ता चाडपर्बलाई लक्षीत गर्दै वीरगञ्ज नाकाबाट एक लाख टन भन्दाबढि परिमाणमा चिनी भित्रिएको छ ।
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार नाकाहुदै चालु आर्थिक वर्ष २०७७–०७८ को साउन र भाद्र महिनामा ५१ करोड ३८ लाख ७५ हजार ४ सय मूल्य बराबरको करिब एक लाख टन भन्दा परिमाणमा चिनी भित्रिएको छ ।
सरकारले भारत तथा तेस्रो मुलुकबाट चिनी आयातमा लगाएको कोटा प्रणाली हटाएपछि सरकारी संस्थान तथा निजि कम्पनीहरुले धमाधम चिनी आयात गर्न थालेका छन् ।
लकडाउन र निषेधाज्ञाको पारवाह नगरी अगामी दशै तिहारलाई लक्षित गरेर व्यवसायीहरुले भारतको उत्तरप्रदेशबाट चिनी आयात गरेका हुन् । आयातित चिनिको ४० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मुल्य अभिबृद्धि कर बापत सुक्खा बन्दरगाह भन्सार कार्यालयले २९ करोड ८१ लाख ५२ हजार राजश्व संकलन गरेको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पुर्बेले जानकारी दिनुभयो ।
सरकारले भन्सार महसुलमा २० प्रतिशत सहुलियत दिएको साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थानले आयात गर्न लागेको चिनी भारतमै रोकिएको बेला बिभिन्न ५ व्यापारीक प्रतिष्ठानहरुले धमाधम चिनी आयात गरेका छन् । सुख्खा बन्दरगाहबाट प्राप्त जानकारी अनुसार चिनी उत्पादन गर्ने बाराको रिलायन्स सुगर मिल्स प्रालिले समेत चिनीको आयात गरेको छ ।
त्यसैगरी जगदम्बा ट्रेडिङ बारा, शिवम ओभरसिज पर्सा, मिरा ट्रेडिङ झापा, ईभुलेशन इन्टरप्राइजेज प्रालि काठमाडौंले दुई महिना यता ५१ करोड ३८ लाख मुल्य भन्दाबढिको चिनी आयात गरेको सुख्खा बन्दरगाहका सुचना अधिकारी पुर्बेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्