तनहुँमा जिप दुर्घटना, १८ जना घाईते
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको हटियामा यात्रुवहाक जिप दुर्घटना भएको छ ।
शुक्रबार दिउसो तीन बजे दुलगौडाबाट ब्यागन तर्फ जादैँ गरेको जीप बढी लोड भएका कारण दुर्घटना हुदाँ जीपमा सवार १८ जना घाइते भएका छन् । घाईते सवैको उद्दार गरि स्थानीय तनहुँ सेवा अस्पतालमा उपचारका लागि लगिएको इलका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
दुलेगौँडा हर्कपुर मोटरमार्ग अन्र्तगत हट्टिया भन्ने स्थानमा यात्रु र सामान लिएर गएको ग १ ज ६०१९ नं को जिप दुर्घटना भएको वडा सदस्य विष्णुहरी गर्ताैलाले जानकारी दिनुभयो ।
बढी लोड भएको र पानीले बाटो विगारेको हुदाँ उकालो बाटोमा पिकअप लिन नसक्दा ब्याग भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइते मध्ये शुक्लागण्डकी ६ की पुनम गुरुङ्गको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक जगदिश रेग्मीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्