तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिकका डाइरेक्टर मुरोफुसीद्वारा पदबाट राजीनामा

काठमाडौं । टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुसीले पदबाट राजीनामा दिएका छन ।

कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी पद छोडेर जापान स्पोर्टस एजेन्सीमा गएका छन ।

पूर्व ओलम्पिक स्वर्ण पदक विजेता कोजी टोकियो ओलम्पिक आयोजक कमिटीका मुख्य व्यक्तिमध्ये एक थिए । उनी यो कमिटीमा सन् २०१४ देखि आबद्द थिए । उनकै सल्लाहमा प्रतियोगिताको तालिका डिजाइन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button