नेकपा सिन्धुपाल्चोकका नेताहरु पहिरो अनुगमनमा, बस्तिलाई अन्यत्र स्थानान्तरण गर्न स्थानीयको माग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ८ तिपेनि बजारका पहिरो पीडितले बस्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । पहिरो बाट क्षति भएको बस्तिको निरीक्षणमा पुगेका नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सिन्धुपाल्चोकका नेताहरुलाई उनिहरुले यस्तो माग गरेका हुन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ८ तिपेनि बजारमा गत साउन साउन १८ गते गएको भिषण पहिरोले ३१ घर क्षति भएको थियो । बस्तिलाई अन्यत्र स्थानान्तरण गर्न स्थानीय पीडित निर्मला धितालले निरीक्षण टोलिलाई अनुरोध गर्नुभयो । टेण्ट भन्दा अरु केहि नभएकोले सुरक्षित बास नहुदाँ रातभर अनिदो बस्नु परेको स्थानीयको गुनासो थियो ।
गाँउंपालिकाले पीडितहरुलाई अस्थायी रुपमा अन्यत्र बसोबासको व्यवस्थापन गरेको र स्थायी रुपमा सुरक्षित स्थानमा बस्ति स्थानान्तरण गर्न गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
बाटो अस्थायी रुपमा तत्काल गाउँपालिकाले सुचारु गरेको र दैनिक रुपमा सफा गरि यातायात सञ्चालन गरिरहेको लामाले जानकारी दिनुभयो ।
निरीक्षण टोलिमा पुर्ब सांसद एबम् नेकपा प्रदेश कमिटि सचिबालय सदस्य सुवास कर्माचार्य, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, लिसँखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, नेकपा प्रदेश कमिटि सदस्य चन्द्र सापकोटा, जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, जिल्ला कमिटि सदस्य यज्ञ सापकोटा, जे.पि.सिलवाल, निर्मल बन्जारा लगायत हुनुहुन्छ । उहाँहरुले बस्ति स्थानान्तरणमा पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्