प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना
खोटाङ । खोटाङको सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थ मन्त्रालयको विशेष अनुदान बापतको तीन करोड ३२ लाखको लागतमा एकै ठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।
स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्