तपाईँ सुन्दै हुनुहुन्छः

क्यानद्वारा राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको जानकारी दिनुभयो । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने भन्दै खेलाडीलाई आवश्यक अनुसार बैंकको केवाईसी फाराम भर्न समेत आग्रह गरेको छ ।

खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाउने समेत कोषाध्यक्ष सिंहले जानकारी दिनुभयो । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button