तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा दश महिला सहित २८ जनामा कोरोना पुष्टि


सप्तरी । सप्तरीमा आज मात्रै १० महिला सहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज र बोदे बरसाईन नगरपालिका तथा तिरहँत गाउँपालिकामा संक्रमित थपिएका हुन ।

आज मात्रै सबैभन्दा बढी तिरहुँत गाउँपालिकामा संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो । सो गाउँपालिकाका ७ महिला र ९ पुरुष गरी १६ जनामा संक्रमण देखिएको हो । वडा नम्वर १ का एक पुरुष र वडा नम्वर २ का सात महिला र आठ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी राजविराज नगरपालिकामा पनि तीन महिला र छ पुरुष गरी नौ जना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालयका अनुसार राजविराज वडा नम्वर ४ का दुई महिला र एक जना पुरुष, वडा नम्वर ३ का एक जना पुरुष, वडा नम्वर ८ का एक महिला र तीन पुरुष तथा वडा नम्वर ५ का एक पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी बोदे बरसाईन नगरपालिकामा पनि तीन जना संक्रमित थपिएका छन् । वडा नम्वर ६ का दुई जना र वडा नम्वर ८ का एक जना पुरुष मा संक्रमण पुष्टि भएको प्रमुख यादवले बताउनु भयो । यो सहित शनिवार सम्ममा संक्रमितको संख्या ८ सय ९८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button