अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाद्वारा राजीनामा
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवारज खतिवडाले आज मन्त्री पदबाट राजिनामा दिनु भएको छ ।
भोली शनिवार देखि राष्ट्रिय सभाको पदावधि सकिने भएपछि आज नेपाल सरकारका मुख्य सचिव मार्फत प्रधानमन्त्री समक्ष मन्त्री खतिवडाले राजिनामा दिनु भएको हो ।
राजिनामा संगै खतिवडाले आफनो कार्यकालमा दुवै मन्त्रालयहरुमा भएका प्रगतीहरुको विवरण पनि पेश गर्नु भएको जनाइएको छ ।
यस अघि आजै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयर अर्थ मन्त्रालयमा मा आयोजित बिदाइ कार्यक्रममा डा. खतिवडाले मन्त्रालयले प्रारम्भ गरेका राम्रा कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
दुवै मन्त्रालयमा भएका विदाई कार्यक्रममा मन्त्रालयका सचिवहरु, सहसचिवहरु तथा मन्त्रालय अन्तरगतका विभिन्न निकायका प्रमुखहरुको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्