कारोबार उत्साहजनक रुपमा वृद्धि
काठमाडौं । पछिल्लो निषेधाज्ञा पछि नेपाली धितोपत्रको दोस्रो बजारको कारोबार उत्साहजनक रुपमा वृद्धि भएको छ ।
१५ दिनमा नेपाल स्टक एक्स्चेञ्चमा झन्डै २२ अर्ब रुपैयाँको सेयरको किनबेच भएको छ भने परिसूचक पनि सय अंकले माथि चढेर बिहिबार १ हजार ५ सय १०.४२ अंकमा पुगेको छ ।
धितोपत्र बजारमा गत बुधबार अहिलेसम्मकै तेस्रो सर्वाधिक रकमको सेयर कारोबार भयो ।
बुधबार ४ अर्ब १८ करोड रुपैयाँसहित पछिल्लो एक साता (भदौ १४ देखि १८ सम्म) को चार कारोबार दिनमा ११ अर्ब ९० करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयरको किनबेच भएको छ ।
गत फागुन १८ मा ४० अंकभन्दा धेरैले बजार बढदा ४ अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने त्यसको तीन दिनअघि ३६ अंकले बजार बढ्दा ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कायृकारी अधिकृत चन्द्रसिह साउदले स्टकमा परिसूचकका अतिरिक्त अनलाइन कारेबार गर्ने लगानीकर्ताहरुको संख्या पनि पछिल्लो समय उल्लेख्य रुपमा वृद्धि भएको जानकारी दिनु भयो ।
गत बर्षको भदौ १८ सम्ममा अनलाइन कारेबार गर्ने लगानीकर्ताहरुको संख्या ४३ हजार रहेकोमा लकडाउन तथा निषेधज्ञा पछि अनलाइन कारोबार गर्नेहरुको संख्या बढेर ७५ हजार पुगेको नेपाल स्टकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्