तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा खुकुलो गर्दै भदौ ३१ सम्म निशेधाज्ञा थप

चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले लकडाउन खुकुलो गर्दै भदौ ३१ सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म बजार खोल्न सकिने बताएको छ ।

यसअघि बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि दैनिक उपभोग्य सामान खोल्दै आएकोमा यसलाई खुकुलो गरी परिमार्जन गरेको हो । आज राती १२ बजेदेखि दोस्रो थप गरिएको लकडाउनको समय सकिदैछ ।

बेलुका र बिहानको सीमित समयमा त्यस्ता पसल र अन्य सेवाहरु खोल्दा भीड थप बढेको भन्दै समयतालिका परिवर्तनका साथ खुल्ला गरिएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार दैनिक उपभोग्य साथै अन्य व्यवसाय १० देखि सञ्चालन गर्न पाइनेछ । यो समय बाहेक अन्य समयमा अत्याबश्यक काम र सेवा बाहेकका गतिविधिलाई रोक लगाईएको छ । यो बाहेक समुहमा गरिने क्रियाकलाप, भीड, शैक्षिक संस्था, मनोरञ्जनत्मक क्षेत्र तथा लामो दुरीका सार्वजनिक यातायातहरुलाई सञ्चालन गर्न भने पूर्ण रोक लगाईएको छ ।

व्यवसाय सञ्चालन तथा सेवा दिंँदा स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button