प्रहरीलाई मास्क र सेनिटाइजर बितरण
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ ।
नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिति भोजपुरले आफनो स्थापना दिवसको अवसरमा शुक्रवार जिल्ला प्रहरी कार्यालय भोजपुरलाई १ हजार २ सय थान मास्क र १० लिटर सेनीटाइजर प्रदान गरेको संघका अध्यक्ष सिताराम ओझाले जानकारी दिनु भयो ।
कोरोना संक्रमण बढी रहेको अवस्थामा सुरक्षाकर्मीका लागि यस्ता सामाग्री महत्वपूर्ण हुने भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो ।
कार्यक्षेत्रमा खटिने प्रहरीका लागि कोरोना संक्रमणबाट जोगिन कर्मचारीबाट भएको सामाग्री सहयोगले थप मद्यत पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर चन्दले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्