तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा आज थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की ५२ वर्षे महिलाको आज दिउसो पौने २ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

अस्पतालका सञ्चार सञ्योजक हरि बोहोराका अनुसार ती महिला निमोनियाका कारण गम्भिर समस्या भएर अस्पतालमा भदौ ११ गते भर्ना भएकी थिइन । उनको सोही दिन कोराना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आज दिउसो उनको आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको बोहोराले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button