लागुऔषध सहित ३ जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध कारोबार गर्ने ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँको शक्लागण्डकी नगरपालिका वडा नं २ प्रगति टोल बस्ने वर्ष २३ को आशिष श्रेष्ठ, व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने उमेर वर्ष २७ को सन्तोष राणा र व्यास नगरपालिका वडा नं १ भादगाउँ बस्ने वर्ष २१ को सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं ७ सेरा स्थित व्यासमार्ग सडकमा एकै स्थानमा भेला जम्मा भएका आशिष श्रेष्ठ, सन्तोष राणा र सन्तोष कार्कीहरू शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा देखे पछि तीनै जना भाग्न प्रयास गरेकाले उनीहरूलाई तत्काल नियन्त्रणमा लिई तीनै जनाको शरीर खानतलासी लिँदा आशिष श्रेष्ठले लगाएको पाइन्टको गोजीमा प्लास्टिक भित्र लुकाई राखेको अवस्थामा २ एमएलको तरल पदार्थ सहितको डाइजेपामको एम्पुल थान १४, फेनेरेगनको एम्पुल १४ थान र नूफिनको एम्पुल १४ थान गरी जम्मा एम्पुल ४२ थान फेला परेको थियो ।
कानुनी रीतपूर्वक बरामद गरी उक्त लागुऔषध कारोबारमा संलग्न तिन जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्