प्रदेश ५ सरकारद्वारा कर्मचारी दरबन्दी स्वीकृत

रुपन्देही । प्रदेश ५ सरकारले प्रदेश लोकसेवा आयोगलाई कर्मचारीको स्थायी पदपूर्ति गर्न बाटो खोल्दै दरबन्दी स्वीकृत गरेको छ ।
प्रदेश ५ सरकारले गत साउनमा प्रदेश लोकसेवा आयोगको अध्यक्षमा अर्घाखाँचीका डिलाराम भट्टराइलाई नियुक्त गरेको थियो ।
अध्यक्ष नियुक्त भएको एक वर्षपछि सरकारले लोकसेवा आयोगलाई कर्मचारीको स्थायी पदपूर्ति गर्ने बाटो खोलेको प्रदेश ५ सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
प्रदेश सरकारले इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवा तर्फका ७२ जना गरी एक सय २५ जना कर्मचारी माग गर्न स्वीकृति दिएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
जसअनुसार इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिञ्चाई आठ, सेनेटरी एक विल्डिङ आर्किटेक्चर १३, मेकानिकल पाँच, इञ्जिनियर सिभिल दुई, हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जनाको दरबन्दी स्वीकृत भएको छ ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं पाँच र मेडिकल ल्याब टेक्नोलोजिष्ट सात जना गरी ७२ जनाको दरबन्दी स्वीकृत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्