तपाईँ सुन्दै हुनुहुन्छः

जि२० का सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ –   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड-१९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि पनि उहाँले ती देशहरुलाई आग्रह गर्नुभएको बताइएको छ । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताउनुभयो ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाकाक मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न उहाँले सो आग्रह गर्नुभएको हो ।

महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उहाँले भन्नुभयो ।

सोही बैठकमा उक्त संगठनका विदेशमन्त्रीहरुले भने देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो ।

सो बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड -१९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button