झापाको बाह्रदशी गाउँपालिकामा २० वर्ष माथिका धेरै व्यक्तिलाई कोरोना संक्रमण

झापा । झापाको बाह्रदशी गाउँपालिकामा २० वर्ष उमेर समूह माथिका धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ । २० जना कोरोना संक्रमित मध्ये एक बालक र एक महिला छन् ।
महिला २० वर्ष माथिको उमेर समूहकी हुन् । एक जना बालक बाहेक १९ जना संक्रमित नै २० वर्ष उमेर समूह माथिका भएको बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार शाहले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र बसोबास गर्ने मध्ये ‘ट्राभलहिस्ट्री’नभएका समुदायका दुई जना व्यक्तिलाई कोरोना संक्रमण भएपनि उनीहरु निको भएको र त्यस यता समुदायका कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण पुष्टि नभएको शाहको भनाई छ ।
समुदायमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने आंशकामा गाउँपालिकाले पालिका भित्र रहेको सिटी र टेम्पो चालकको समेत पीसीआर परीक्षण गरेको छ । विशेष गरी भारत लगायत अन्य मुलुकबाट आएकाहरुमा संक्रमण देखिएकाले उनीहरुलाई छुट्टै क्वारेन्टिनमा राख्ने र स्वास्थ्य सावधानी अपनाएर कोरोना भाइरस कोभिड १९ को परीक्षण गर्ने गरिएको छ ।
हाल झापामा २१ हजार १ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ भने जसमा ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्