लमजुङमा कोरोना संक्रमित निको हुनेको संख्या एक सय २० पुग्यो
लमजुङ । लमजुङमा विहिवार सातजना कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्र्किएका छन् । सुन्दरवजार स्थित नमुना सामुदायिक अस्पतालको आईसोलेसनमा रहेका ६ जना र बेसी शहरको सहजी स्थित शहरी विकास भवनको आइसोलेसनमा रहेका एक जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
संक्रमण मुक्त हुनेमा वर्ष २२, २४, २७, ३४ र ३९ वर्षका पाँच जना र ३८ वर्षका दुई जना पुरुष रहेका रहेका छन् ।
पहिलो पटक पीसीआर परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई आईसोलेसनमा राखिएको थियो । पुन पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनिहरुलाई डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनीहरु निको भएर घर फर्किएसंगै लमजुङमा हालसम्म ९ महिला र एक सय ११ पुरुष गरी १ सय २० जना संक्रमण मुक्त भई घर फर्किएका छन् । जिल्लामा हालसम्म दुई सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले जिल्लाका आइसोलेसनमा १ सय २३ जना संक्रमित रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्