बाँकेमा थप २० जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप २० जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसनबाट छ जना, खुल्ला कारागार आइसोलेसनबाट छ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट तीन जना, होटल न्यु इन्द्रेणीबाट तीन र भेरी अस्पताल आइसोलेसनबाट दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या आठ सय तीन पुगेको छ । अब आइसोलेसनमा तीन सय ३० जना छन् । बाँकेमा हालसम्म एक हजार एक सय ३९ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा कोरोना सङ्क्रमणबाट छ जनाको भने मृत्यु भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्