तपाईँ सुन्दै हुनुहुन्छः

प्रकोप पीडित जनताका घरदैलोमा उपमेयर

सिन्धुपाल्चोक । एकातिर कोरोनाले निम्त्याएको विषम परिस्थिति, अर्कातिर प्राकृतिक प्रकोपको पीडा । केही दिनयता मेलम्ची नगरपालिकाका जनप्रतिनिधि बाढी पहिरो लगायत प्रकोपबाट क्षति व्यहोरेका जनताका घरदैलो पुगिरहेका छन् । उपप्रमुख भगवती नेपाल प्राविधिक सहित जनताको घरदैलामा पुग्नुभएको छ ।

केही दिनदेखि ठाउँ ठाउँमा पहिरोका कारण मेलम्ची नगरपालिका विभिन्न ठाउँमा क्षति पुगेको छ । बाढी पहिरोका कारण जोखिम भएका बस्तीहरूको अवलोकनका लागि मेलम्ची नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा गठित पाँच सदस्यसहित भदौ ११ गते बिहीबार देखी सम्बन्धित वडाका वडाध्यक्ष, प्राविधिक कर्मचारी र प्रहरी साथमै लिएर निरीक्षण, क्षति विवरण सङ्कलन र प्राविधिक तयारीका लागी उपप्रमुख नेपाल फिल्डमा खटिनु भएको हो ।

नगरका १३ वटै वडाका सबै पहिरो निरीक्षण गरी स्थानीयको जीउधनको सुरक्षाका लागी आवश्यक योजना बनाउन लागिएको उपमेयर नेपालले बताउनुभयो । नगरभित्र पहिरो र बाढीले क्षति भएका हरेक घर टोलमा पुगेर घर, बाली गोठ आदिको क्षतिको मुल्याङकन गरिएको उपमेयर नेपालले जानकारी दिनुभयो । सम्पूर्ण क्षतिको मुल्याङकन पछि आवश्यकताका आधारमा बस्ती स्थानान्तरण, पहिरो रोकथाम, घरहरूको पुर्ननिर्माणको लागि योजना बनाइ माथिल्ला निकायमा समेत अनुरोध गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button