तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा फेरि निषेधाज्ञा

नेपालगन्ज । बाँकेमा आजदेखि दुई दिन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अघिल्लो साता नै यस सातादेखि हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणदर निरन्तर बढ्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गर्न आग्रह गर्नुभएको छ ।

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने कुरुम्बाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button