तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गर्यो


काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले विमा गरिदिएको हो ।

ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button