प्रभावित खेलाडी र प्रशिक्षकलाई एशियाली ह्याण्डबल महासंघको सहयोग
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्याण्डबलका खेलाडी, प्रशिक्षकको सहयोगका लागि एशियाली ह्याण्डबल महासंघले ७ लाख ६५ हजार रुपैयाँ पठाएको छ । सो रकमले नेपाल ह्याण्डबल संघले खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक, रेफ्रि सबैको कोरोना बीमा गर्ने भएको छ ।
नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले एशियाली ह्याण्डबल संघबाट ६ हजार स्विस फ्रांक संघमा आएको बताउनुभयो । सो रकमले सबै खेलाडी, प्रशिक्षक, रेफ्रिको कोरोना बीमा गर्नका लागि संघले सबैको सूची बनाउने काम पनि सुरु गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसका साथै संघले बीमाबाट बचेको रकमले कोरोनाबाट प्रभावित भएका खेलाडीको पहिचान गरेर सहयोग गर्ने छ । नेपालमा ३२ जिल्लामा ह्याण्डबलको आधिकारीता रहेको छ । यसका साथै विभिन्न स्कुलमा पनि ह्याण्डबल खेलाइने गरिन्छ । तरपनि नेपालमा ह्याण्डबलको त्यति राम्रो चर्चा हुन कसेको छैन ।








प्रतिक्रिया राख्नुहोस्