तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैनः मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताउनुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्नुहुदैं मन्त्री ढकालले काम गर्ने क्रममा केही कमजोरी भए सुधार गरेर अघि बढ्ने बताउनुभयो ।

मन्त्री ढकालले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुहुदैं यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाको बीमाको व्यवस्था गरिसकेको जानकारी दिनुभयो ।

छलफलमा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताउनुभयो ।

मन्त्री ढकालले आज नेपाल चिकित्सक सङ्घ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान), नर्सिङ एसोशियसन, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, स्वास्थ्य प्राविधिक सङ्घ, स्वास्थ्य प्रयोगशालाकर्मी सङ्घलगायत संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button