तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा एक साता निषेधाज्ञा थपियो

पाल्पा । पाल्पामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्लामा गत भदौ ५ गते राती १२ बजेबाट जारी निषेधाज्ञा पुनः एक साता थपिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्धारा एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्धारा जारी आदेशमा भनिएको छ । अब जिल्लामा आगामी भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ ।

सिसिएमसी बैठकले निषेधाज्ञा अवधीभरका लागि सार्वजनिक तथा निजी सवारी बाहेकका एम्बुलेन्स, शववहान, खाद्य सामाग्री, औषधी, दाना, पानी, दुध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन तथा, झण्डाबहाक र कुटनीतिक नियोगका सवारी सुचारु गर्ने निर्णय गरेको छ ।

सेवा सञ्चालन तर्फ भने, स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी एटिएम काउन्टर, हुलाक बाहेक सबै सरकारी सार्वजनिक बैंक तथा वित्तिय संस्थाका सेवासमेत बन्द रहने छन । यस्तै होटल रेष्टुरेन्ट, ब्युटी पार्लर, शैलुन, जिमखाना पूर्ण रुपमा बन्द रहने छन ।

खाद्यान्न, फलफूल, तरकारी र दुध डेरी अन्य पसल भने हरेक दिन बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button