तपाईँ सुन्दै हुनुहुन्छः

मालिंगाले आईपीएलका सुरुवाती खेलहरु गुमाउने

काठमाडौं । कोरोना भाईरसको कारण युएयइमा आयोजना हुने १३ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुवाती खेलहरु गुमाउने भएका छन् ।

मुम्बई इन्डियन्सका फास्ट बलर मालिंगाले घरायसी कारणले आईपीएलका सुरुवाती खेल गुमाउने भएका हुन् ।

क्रिकइन्फोको अनुसार मालिंगाको बुबा बिरामी रहेको र उनको आगामी साता शल्यक्रिया गर्नु पर्ने भएकाले उनले सुरुवाती खेल गुमाउने छन् ।

मुम्बईको टिम शुक्रबार युएई प्रस्थान गरेपनि मालिंगा भने श्रीलंकामै रहेको बताईएको छ ।

आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button