बाँकेमा १६ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँकेमा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा नेपालगन्जका १४ र राप्तिसोनारीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ३ जना पुगेको छ । हालसम्म ५ सय ४७ जना निको हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ । भेरीमै गरिएको परिक्षणमा बर्दिया बाँसगढीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।







प्रतिक्रिया राख्नुहोस्