निषेधाज्ञाको दोस्रो दिन उपत्यकाका सडक यस्ता देखिए (फोटो फिचर सहित)

काठमाडौँ । निषेधाज्ञाको आज दोस्रो दिन उपत्यकाका सडकहरू सुनसान देखिएका छन् । सडकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले डिउटी गरिरहेको छ । ठाउँ ठाउँमा ओहोरदोहोर गर्ने सवारी साधानहरुको चेकिङ कडा पारिएको छ ।
एम्बुलेन्स, सेना र प्रहरीका गाडी, प्रेस, र अन्य अत्यावश्यक भनी सरकारले तोकेका केही सवारी साधनहरुमात्र फाट्ट फुट्ट मात्र देखिएका छन् ।

उपत्यकामा अत्यधिक मात्रामा कोरोना सङ्क्रमितहरू फेला पर्न थालेपछि प्रशासनले भाद्र ३ गतेबाट १० गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवाहरू सबै बन्द गर्न निर्देशन दिएकाले बजारहरू प्राय ठप्प छन् । मानिसहरूलाई विना काम घरबाट बाहिर नजान बारम्बार आग्रह पनि गरेको छ । यदि अत्यावश्यक कामले बाहिर निस्कनु परेमा मास्क लगाएर र अन्य सुरक्षाका उपायहरू अपनाएर मात्र निस्किन पनि आग्रह गरेको छ ।

सदाझैँ यसपालि विना काम सडकमा लुखुर लुखुर हिँड्ने मानिसहरू पनि देखिएका छैनन् । यदि विना काममा त्यस्ता व्यक्तिहरू सडकमा हिँडे प्रहरीले पक्राउ गरी ऐन बमोजिम कारबाही गरिने बताएको छ ।













प्रतिक्रिया राख्नुहोस्